हेटौंडा – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेको विकल्पमा कुनैपनी पार्टी नरहेको बताउनुभएको छ । नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटीको आयोजनामा भएको बृहत बनभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पौडेलले जनताको रोजाईको पार्टी एमालेमात्रै रहेको भन्दै जनताले अन्य कुनैपनी पार्टीलाई आफ्नो नठान्ने दावी गर्नुभयो । एमाले नेतृत्वको समयमा मात्रै देशकोसमग्र पक्षमा विकास भएको छ भन्दै उहाले भन्नुभयो– “एमाले मात्रै यस्तो पार्टी हो जसले मुलुकलाई समृद्द बनाउछ भन्ने जनविश्वास अहिलेको एमालेप्रती जनताको आकर्षणले पुष्टि गर्छ ।”

No description available.

अहिले अन्य पार्टीका नेताहरु लगाएत महानगर, नगरका मेयर, उपमेयरहरु एमालेमा प्रवेशको सन्दर्भले पनी देशमा एमालेभन्दा अन्य कुनैपनी पार्टीको अस्तित्व नदेखेको पौडेलले बताउनुभयो । यसैगरी उहाँले एमालेको घोषणापत्र अनुसार यो ४ बर्ष कति काम भए भन्नेकुरा जनताले मुल्यांकन गरेको बताउदै देशको समृद्धिको लागि अबको निर्वाचनमा एकबद्द भएर एमालेका प्रतिनिधिलाई बिजय गराउन समेत आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा एमाले बाागती प्रदेश कमिटी सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जनताको आशा र भरोशाको केन्द्र एमाले भएको बताउनुभयो । उहाँले एमाले मात्र एस्तो पार्टी हो, जस्ले जनताको र देशको बिकास गर्ने दावि गर्नुभयो । यसैगरी एमाले बागमती प्रदेश कमिटी सदस्य देवराज रिमालले स्थानीय निर्वाचनमा जोसुकै गठबन्धन गरेर आएपनी एमालेलाई हराउन नसक्ने दावी गर्नुभयो । जनताको हरेक दुखसुखमा सदैव एमाले मात्रै रहेको भन्दै अबको स्थानिय निर्वाचनमा जनताले एमालेलाई मत दिने बताउनुभयो ।

No description available.

यस्तै एमाले जिल्ला सचिवालय सदस्य तथा ७ नम्बर वडाका निर्वाचित अध्यक्ष राजन थापाले एमालेले जितेको स्थानमा उल्लेख्य रुपमा विकास भएको दावी गर्नुभयो । अघिल्लो निर्वाचनको समयमा बोलेका कुराहरु कति पूरा भए भन्ने कुरा जनताले महशुस गरेको भन्दै अहिले एमालेलाई हराउछु भनेर गठबन्धन गर्नेलाई जनताले पछार्ने बताउनुभयो । यस्तै वडाबासीको मतको अवमूल्यन गर्दै केही जनप्रतिनिधि बाहिर गएकाले आगामी चुनावमा जनताले त्यस्ता स्वार्थप्रेरित व्यक्तिलाई जनताले पैतालामुनी राख्ने बताउनुभयो ।
कार्यक्रममा काङ्ग्रेस र राप्रपाका एकसय २० जना व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई पार्टीका नेता एवं बागमती प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो । नेकपा एमाले हेटौंडा ७ नम्बर वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, पार्टी जिल्ला उपसचिव सीता बिष्ट, पार्टी प्रचार विभाग प्रमुख धुर्व चौलागाईं, जिल्ला सदस्य तथा युवा इन्चार्ज सन्तोष चौलागाईं, नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी, उपाध्यक्ष नवराज खतिवडा लगाएत हजारौं पार्टी कार्यकर्ताको उपस्थिति थियो ।