मकवानपुर– मकवानपुरको बकैया गाउँपालिकाले माझी समुदायले मनाउने विषेश पर्व लदीका अवसरमा सार्वजनीक विदा दिने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बैठकले लदी पर्वका अवसरमा फागुन १८ गते सावर्जनीक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले आज एक सुचना जारी गर्दै माझी समुदायको बिषेश पर्वमा सार्वजनीक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । सुचनामा गत फागुन ६ गते बसेको बैठकले फागुन १८ गते पर्ने माझी समुदायले मनाउने लदी पर्वको उपलक्ष्यमा सार्वननिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । गाउँपालिकामा माझी समुदायको बाहुल्यता रहेकाले उक्त दिन विदा दिने निर्णय गरेको उहाँले बताउनुभयो । बकैया गाउँपालिकामा माझी समुदायले बिषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाउने गरेका छन् ।