मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्धारा आयोजित सुचना प्रविधि सम्बन्धी आठ दिने अनुशिक्षण तालिम आज सम्पन्न भएको छ । कार्यालयलाई स्मार्ट अफिसका रुपमा विकास गर्न साथै पेपर लेस प्रविधिको विकास गर्ने उदेश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सुचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गरिएको हो ।

गत भदौ ३१ गतेबाट सञ्चालित तालिमको आज बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यमा समापन गरिएको हो । कम्प्युटर सम्बन्धी ज्ञान नै नभएका र सामान्य ज्ञान भएका प्रहरी जवान देखी प्रहरी नायव निरीक्षक सम्मका प्रहरी कर्मचारीहरुलाई लक्षीत गरी तालिम संचालन गरीएको थियो । तालिममा कम्प्युटर सम्बन्धी आधारभुत जानकारीका साथै पेपरलेस प्रणालीको बारेमा प्रशिक्षण (तालिम) प्रदान गरीएको छ । तालिममा प्रहरी नायव निरिक्षक एक जना, प्रहरी सहायक निरिक्षक ९ जना, प्रहरी हबल्दार ५ र प्रहरी जवान ७ जना गरी २२ जना प्रहरी कर्मचारीहरुको सहभागी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।