हेटौंडा– पुरानो नारायणी यातायात व्यवसायी कम्पनीको दोस्रो र नारायणी संघ हेटौंडाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार हेटौंडामा कम्पनी तथा संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।

साधारणसभामा बागमती प्रदेश सदस्य मुनु सिग्देल, प्रेम बहादुर पुलामि, ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिसस उपप्रमुख भगवती पुडासैनी, थाहानगर प्रमुख लबसेर बिष्ट, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा संघ तथा कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका संचालक सरोजकुमार खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश यातायात व्यवस्था कार्यालय हेटौंडाका प्रमुख भक्त बहादुर भण्डारी, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल, मकवानपुर ट्राफिक प्रहरी निरीक्षक प्रकाश पाण्डे, संघका पुर्व अध्यक्ष तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।