file photo

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ । उहाँले नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै परिवारप्रति गहिरो समवेदना प्रकट गर्नु भएको छ । तत्कालीन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो । काठमाण्डौको बालुवाटर बस्ने उहाँलाई हृदयघात भएपछि महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पतालमा पुर्याउँदा उहाँको निधन भइसकेको अस्पतालले जनाएको छ ।