मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ९८ जना संक्रमणमुक्त भएका हुन् । योसंगै जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको संख्या ९ हजार ८ सय ५१ पुगेको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७१ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ३४ जनामा र ३८ जनाको पिसिआर परिक्षण गर्दा ९ जन गरी ४३ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रण हुनेको संख्या १० हजार ९८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२८ पुगेको कार्यालयले जनाएको छ ।
