हेटौंडा – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बागमती प्रदेशमा आज भएको दोस्रो चरणको मतदानको मतगणना जारी रहेको छ । मतगणनामा हालसम्म ८ सय मत गणना हुँदा ईन्द्र बहादुर बानीयाँले अग्रता लिनुभएको छ । सभापतिमा ईन्द्रबहादुर बानियाँले ४१८ तथा जगदिश्वर नरसिंह केसी ३८० मत प्रात गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा कुल २१ सय ५१ मतमध्ये २०२५ मतदान गर्नुभएको निर्वाचन समितिका संयोजक केशव काफ्रलेले जानकारी दिनुभयो । मतगणना जारी रहेको छ ।