काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५औं व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज ललितपुरमा संबोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाहरुको चौतर्फी बिकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा अहिले जननिर्वाचित स्थिर र बलियो सरकार रहेकाले युवालाई अध्ययन रोजगारी र व्यक्तित्व बिकास प्रयासलाई अघि बढाइएको उल्लेख गर्नुभयो ।