सांकेतिक तस्विर

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–११ स्थित राप्ती खोला नजिक एक जना पुरुषको शव फेला परेको छ । शव हेटौंडा ११ कै सिमलटार निवासी अन्दाजी ५० बर्षीय राम बहादुर विकको रहेको प्रहरीले जनाएको छ ।
खेला किनारमा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र शवको बिषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मुतक विक दाउरा बेच्ने काम गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।