मकवानपुर– मकवानपुरका स्थानीय तहहरुले पैदल यात्रुहरुलाई गन्तव्य सम्म पुग्न सघाउनुका साथै हिँडेर आएकालाई गाँस, बास र यातायातको व्यवस्था गर्न थालेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा घर जान पैदल हिडेका यात्रुहरुलाई जिल्लाका विभिन्न स्थानीय तहहरुले खाना, खाजाको व्यवस्था गर्नुकासाथै ज्वरो परिक्षण गरेर यातायातको व्यवस्थापनसहित गन्त्व्य सम्म पु¥याउन थालेका हुन् ।
जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाले काठमान्डौंवाट विभिन्न जिल्ला तर्फ हिडेका पैदल यात्रुलाई गन्तव्यसम्म पुग्न सहयोग गर्न थालेको छ । लकडाउनका कारण पैदल यात्रा गर्न बाध्य यात्रुहरुलाई गाउँपालिकाले खना, खाजाको व्यवस्था गर्नुका साथै ज्वरो जाँच गरेर अर्को स्थानीय तहसम्म पु¥याउने व्यवस्था गरेको हो । काठमाण्डौबाट रौतहट, बारा लगायतका विभिन्न स्थानमा जान हिडेरै आउँनेहरुको गाउँपालिकाको विभिन्न स्थानमा ज्वरो जाँच सहित खाजा खाना र अर्को स्थानीय तहसम्म यातायातको ब्यबस्थापन गरिएको गाउँपालिका अध्यक्ष जीवन लामाले बताउनुभयो ।
त्यस्तै जिल्लाको थाहा नगरपालिकाले पनि पैदल यात्रुहरुलाई खानाको व्यवस्था गरेको छ । नगरपालिकाले खान बस्नको व्यवस्था मिलाउनुका साथै स्वास्थ्य परीक्षण गरेर गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको मेयर लबशेर विष्टले जानकारी दिनुभयो । त्यस्तै जिल्लाको भीमफेदी, मकवानपुररगढी, मनहरी तथा पुर्वी मकवानपुरको बकैया र बागमती गउँपालिका सहित हेटौंडा उपमहानगरपालिकाले पनि पैदल यात्रुलाई खाना, खाजाको व्यवस्था गर्नुका साथै गन्तव्यमा पु¥याउने व्यवस्था गरेको छ । जिल्लामा विभिन्न संघ/संस्थाहरुले पनि यस कार्यमा सहयोग गरेका छन् ।