हेटौँडा–बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको प्रमुखमा प्रहरी नायब महानिरीक्षक(डिआइजी) बसन्त कुमार लामा आउने हुनुभएकाे छ । गृह मन्त्रालयले हिजो प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा तथा पदस्थापन गरेसंगै लामा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुुखको जिम्मेवारी समाल्न हेटौँडा आउने हुनुभएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुख समेत भएर काम गर्नुभएका लामा, मकवानपुरबाटै एसएसपी बढुवा भएर काठमाडौँ पदस्थापन भई काठमाडौँ प्रहरी प्रमुख हुनुभएकाे थियाे । मन्त्रालयले आइतबार बढुवा हुनुभएका १० डिआइजीको सोमबार पदस्थापन गरेकाे हाे । १० मध्ये सातजना प्रदेश प्रहरी प्रमुखमा सरुवा हुनुभएकाे छ । जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की प्रदेश २ मा धीरजप्रताप सिंह प्रदेश २, बागमती प्रदेशमा वसन्त कुमार लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल , प्रदेश ५मा रवीन्द्र धानक कर्णाली प्रदेशमा वसन्त पन्त रसुदूरपश्चिम प्रदेशमा उत्तमराज सुवेदीलाई पदस्थापन गरिएको छ ।
त्यसैगरी सहकुल थापाको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन भएको छ भने सिआइबीका नीरज शाहीको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ । प्रदेश २ मा कार्यरत प्रद्युम्न कार्कीको विशेष ब्युरोमा सरुवा भएको छ । अरुण बिसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सूर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।सरकारले प्रहरीको १२ वटा दरबन्दी कटौती गरेर गत साता बढुवा प्रक्रिया अघि बढाएको हो ।बढुवाउपर उजुरी नपरेपछि आइतबार बढुवा गरिएकोमा सोमबार दर्ज्यानी चिह्न लगाइएको छ ।