मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटीको बृहत बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रिय सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठ, रघुनाथ खुलाल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, सचिव लालबहादुर थापालगायत जिल्ला सदस्य, नगर सदस्य तथा अनेम संघका पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रमममा ९ नम्बर वडामा गठीत अनेम संघका पदाधिकारिहरुलाई सपथ ग्रहण समेत गराईएको थियो ।



