मकवानपुर – नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) मकवानपुरको ११औं अधिवेशन शनिबार सम्पन्न भएकाृ छ । नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईको सभाध्यक्षतामा एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले शिक्षक र प्राध्यापकहरुको पहिलो उत्तरदायित्व शिक्षण नै भएको बताउनुभयो । उहाँले नेपालमा अंग्रेजीभाषा शिक्षण तथा प्रवद्र्धनमा नेल्टाले सहयोग पुर्‍याइरहेको धारणा व्यक्त गर्नुहुँदै यस्ता संस्थाले शैक्षिक क्षेत्रको विकासमा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

अधिवेशनले पुनः संगम चौलागाईकै नेतृत्वमा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा उत्तम अर्याल, सचिवमा सञ्जय कुमार बस्नेत, कोषाध्यक्षमा रोशनी पौडेल तथा सहसचिवमा सुरेश रेग्मी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा भानुभक्त पाठक, छविलाल बिकल, दीपक अधिकारी, सरस्वती अधिकारी, विवश थापा, रुपचन्द्र गोपाली, कृष्णप्रसाद पौडेल र रामप्रसाद सापकोटा चयन हुनु भएको छ ।
कार्यक्रममा नेल्टाका बरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, नेल्टा केन्द्रीय समितिका कोषाध्यक्ष अशोक सापकोटा, शिक्षा विकास तथा समन्वय ईकाइ मकवानपुरका प्रमुख दीनानाथ गौतम, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर प्रसाद उपाध्याय, नेल्टा बागमती प्रदेश समितिका महासचिव किशोर पराजुलीको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा नेल्टाका वरिष्ठ उपाध्यक्ष ज्ञवाली र कोषाध्यक्ष सापकोटाले अंग्रेजी भाषा शिक्षण सिकाईसँग सम्बन्धित प्रस्तुती समेत राख्नुभएको थियो ।