निशा गुरुङ/हेटौंडा

हेटौंडा– मकवानपुरको मनहरी गाँउपालिकाले नेपालकै पहिलो बालमैत्री गाँउपालिका घोषणा गरेको थियो । त्यस पश्चात जिल्लाकै बकैँया गाँउपालिकाले पनि बाल मैत्रि घोषणाको तयारी गरिरहेको छ । माघ मसान्तसम्म गाँउपालिका बालमैत्री घोषणा गरिसक्ने पालिकाकी उपाध्यक्ष सरला बोलखेले जानकारी दिनुभयो । बाल मैत्री घोषणाका लागि आवश्यक ३९ वटै सुचक पुरा गरेर घोषणाको अन्तिम तयारीमा तीव्र गतिमा पालिका अघि बढीरहेको उहाँले जानकारी दिनुभयो ।
बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानियशासन कार्यान्वयन कार्यविधि २०६८, नेपालकोसंविधान २०७२ को मौलिक हक, बालबालिका ऐन २०७५, स्थानिय सरकार संचालन ऐन २०७४ मा बालबालिका केन्द्रित कानूनी व्यवस्थालाई अवलम्बन गरि बालमैत्री स्थानिय शासन अवलम्बनको अभियान चलाईएको छ । त्यसैगरी, उक्त शासन अवलम्बनका लागि ३९ वटा सुचकहरु पुरा गरी जिल्ला समन्वय समितीबाट अनुगमन गराएर प्रमाणित गराएर घोषणा गर्न लागिएको उपाध्यक्ष बोलाखेले जानकारी दिनुभयो ।
अधिकार, राजनिती, आर्थिक र सामाजिक कारणले गर्दा बालमैत्री गाउँपालिका घोषणा गर्नुपर्ने बताउँदै राष्ट्रिय सहजकर्ता विष्णु चौबेले यसबाट बालबालिकामा सचेतना, अभिभावकहरुमा स्थानिय सरकार, जनप्रतिनिधिप्रति सकारात्मक सोच, स्थानिय तहमा विकास लगायतका फाईदाहरु पुग्ने बताउनुभयो । उपाध्यक्ष सरला बोलखेले बालमैत्री गाउँपालिका घोषणा गरिए गाउँपालिकाले गर्नुपर्ने तीन सय ५८ काममध्ये दुईसय ६४ काम पुरा हुने बताउनुभयो । उहाँले बालमैत्री गाउँपालिका घोषणा गर्नु सुरुवात मात्र भएकोले यसलाई स्थायित्व दिनका लागि पालिकाले प्रत्येक वडामा अनुगमन गर्ने समेत बताउनुभयो । उहाँले अभिभावकविहीन बालबालिकाका लागि पुर्नस्थापना केन्द्रको निर्माण गरी उनीहरुका लागि सीप र शिक्षाको समेत व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।
जेष्ठ मसान्तमा घोषणा गर्ने भनेर योजना बनाएका थियौं तर कोरोना महामारीको कारणले माघ मसान्त सम्म बालमैत्री घोषणा गर्ने उपाध्यक्ष सरला बालखेले जानकारी दिनुभयो । उहाँले आवश्यक पर्ने सुचकहरु तयारी बनाईसकेको पनि बताउनुभयो । कक्षा ९ र १० मा अध्यनतर विद्यार्थीहरु बाल विवाह गर्न खोज्ने गरेको बालखेले बताउनुभयो । लकडाउनको पछाडी ४० देखि ४५ वटा बाल विवाह रोकेको उहाँले जानकारी दिनुभयो । वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु प्रत्यक्ष लागेर जनचेतना दिईरहेको पनि उहाँले बताउनुभयो ।
परिवारमा बुवा आमा झगडा गर्ने, मदिरा सेवन गर्ने हुँदा वातावरण नमिल्ने पारिवारिक समस्या हुँदा बाल विवाह भएको जानकारी दिईन् । एक अर्कालाई मनपराएर गर्ने बाल विवाह हुने गरेको पाईएको समेत बोलखेले बताउनुभयो । विद्यालयमा पढ्नको लागि मनोसामाजिक असर पर्ला भनि पालिकाले सिविन बाल हेल्प लाईनसंगको सहकार्यमा काउन्सिलिङ गरेर घोषणाकै लागि, सहजिकरण गरेको पनि जानकारी दिनुभयो । बालमैत्री घोषणा गर्नको लागि तीव्र तयारीमा लागि रहेका छौं बोलखेले भन्नुभयो । घोषणा गर्नका लागि निरन्तर काम आवश्यक रहेको हुनाले पहिला आमा समुह, सहकारी महिला बाल क्लबहरु बनेको त्यसले धेरै जना सचेत हुनु भएको उपाध्यक्ष बालखले जानकारी दिनुभयो ।
विकट एरिया, १२ वटा वडाहरु, सबै एकै खालका मान्छे नहुनाले गाउँपालिकालाई यो सबै भन्दा ठुलो चुनौती रहेको उहाँको भनाई छ । गाउँपालिकामा ८१ वटा विद्यालय रहेको र हरेक विद्यालयमा छात्रा छात्र शौचालय भएको उहाँले बताउनुभयो । गाउँपालिकामा ६ वटा मात्रै बर्थिङ् सेन्टर थियो अहिले ८ वटा निर्माण भईसकेको र प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना स्थापना गरिएको पनि उनले जानकारी दिनुभयो । गाँउपालिकाले सारा सुचकलाई हेरेर काम गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा हाल साँढे ८ हजार घरधुरी छ र खानेपानिमा समस्या भएको हुनाले मुहानको पानि सामुहिक ईनार, टुयुकल सरसफाई गरी स्वच्छ पानि घरघरमा अभियान चलाएको पनि गाउँपालिकाका प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले बताउनुभयो ।