हेटौँडा, असार २६ । हेटौँडा–५ स्थित हेटौंडा सिटी कलेजले बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा सिटी कलेज र जेनीथ सेकेन्डरी स्कुल सामाजिक सेवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा हेटौंडा सिटी कलेज परिसरमा आयोजित कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । बिहीबार गुरु पूर्णिमाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरिएको जनाईएको छ । कार्यक्रममा कलेज तथा विद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरेको कलेजका शिक्षक सुमान्त सिल्वालले जानकारी दिनुभयो ।