सरकारले रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडी बढाउने भएको छ । कार्तिक २० र २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले  रासायनिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न सरकारले एक समिति गठन गरेको बताउनुभयो । मन्त्री गुरुङले समितिले  दिने प्रतिवेदनका आधारमा मुलुकमा रासायनिक मल उद्योग स्थापना गर्ने काम अगाडी बढाइने बताउनुभयो । अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिमा कृषि मन्त्री र उद्योग मन्त्री सदस्य रहनुभएको छ ।