हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको चार वटा वडाहरुको मतगणना जारी रहेको छ । हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा जारी मतगणना अनुसार दुइ वटा वडामा एमालेका र दुइवटा वडामा गठबन्धनका तर्फबाट काग्रेसका उम्मेदवार अगाडि रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हेटौंडाको १ र २ मा काग्रेसका वडा अध्यक्षका उम्मेदवार अगाडी भने, १८ र १९ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अगाडि रहेका छन् ।
हेटौंडा–१८ को वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार अनिल बानियाँले ६४१ मत, र गठबन्धनका रामबाबु बानियाँको ५२० र राप्रपाको उम्मेदवारको ४५ मत आएको छ । यसैगरी हेटौंडा–१९ मा वडा अध्यक्षतर्फ एमालेको उम्मेदवारले ६९७, कांग्रेसको उम्मेदवारले ५७८ मत, माओवादी केन्द्रको उम्मेदवार ४९६ मत प्राप्त गरेका छन् । यस्तै हेटौंडा–१ र २ मा भने काग्रेसका वडा अध्यक्षका उम्मेदवार अगाडि छन् ।