मकवानपुर– मकवानपुर प्रहरीले तीनलाख ३२ हजार नगदसहित १४ जना जुवाडेलाई हेटौंडाबाट पक्राउ गरेको छ । बिहीबार हेटौडा–४ पारिजात पथ स्थित दिलबहादुर मोक्तानको घरबाट प्रहरीले तीनलाख ३२ हजार ८९२ रुपैया नगदसहित १४ जनालाई नियन्त्रणमा लिएको हो ।
जुवा खेलाईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा खटिएको प्रहरी टोलिले नगदसहित १२ बुक तास र ३१ वटा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरु बिरुद्ध थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।