हेटौंडा – मकवानपुर प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ गरेको छ । प्रहरीले बारा निजगढ नगरपालिका रामथली घर भई हाल हेटौंडा उपमहानगरपालिका–१० स्थित सडक छेउको टहरामा बस्दै आएका ५४ वर्षीय माइला भन्ने कृष्ण बहादुर मोक्तानलाई आफ्नै श्रमतीको हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
उनले जेष्ठ ९ गते आपसी वादविवाद हुदाँ ४२ वर्षीया श्रीमती सुनिता थापा मगरमाथि कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शवलाई हेटौंडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा लगेर फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । सुनिताको शव जेष्ठ ९ गते दिउँसो जंगलमा वेवारिसे अवस्थामा फेला परेको थियो । मोक्तानलाई सोमबार आज हेटौंडा–८ कमानेबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।