मकवानपुर– मकवानपुरमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप १ सय ८१ जना संक्रमित भएका छन् । २ सय ८३ जनामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप १८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पीसीआर विधिबाट १२८ जनाको परिक्षणमा ८४ जना र एन्टिजेन विधिबाट १५५ जनामा गरिएको परिक्षणमा ८७ जना गरि थप १८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । योसँगै मकवानपुरमा हालसम्म ७ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । होम आइसोलेसनबाट १४९ जना र संस्थागत आईसोलेसनबाट १४ जना गरि १६३ जना संक्रमणमुक्त भएको उहाँले बताउनुभयो । योसंगै जिल्लामा हालसम्म ५ हजार २ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्य भएकाे छ । याेसंगै मृत्यु हुनेको संख्या ७९ पुगेको कार्यालयले जनाएकोे छ । संक्रमणको कारण हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको १–१ जनाले ज्यान गुमाएका छन् ।