नेपालमा आज थप ८ सय २३ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप ८ सय २३ जना संक्रमण मुक्त भएसंगै कूल संक्रमित मध्ये ४८ हजार ६१ जना संक्रमण मुक्त भईसकेका छन् ।
हाल सम्म नेपालमा कोरोना संक्रमितको निको हुने दर ७२ दशमलव १३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । यस्तै आज विभिन्न ७० जिल्लामा गरी १८ हजार १ सय ४२ जना संक्रिय संक्रमित रहेका छन् । रसुवा, सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्लामा भने कोही पनि सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा आज आज ११ हजार १ सय ५४ वटा नमूना परीक्षण गर्दा १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टिभएको छ । आज विभिन्न ४९ जिल्लामा गरी थप ४ सय ५९ जना महिला र ८ सय ९७ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमितको कूल सख्या ६६ हजार ६ सय ३२ पुगेको छ । यसक्रिय संक्रमित मध्ये ९ हजार १ सय ९३ जना संस्थागत आइसोलेसन तथा ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् । यसैगरी १ सय ९६ जना गम्भीर लक्षण सहितका संक्रमितको आईसियुमा र ३१ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै आज थप २ जना जनाको मृत्यु भएपछि हाल सम्म कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौका एक जना ५० वर्षीय पुरुष र काभ्रेकी एक ५० वर्षीया महिलाको मृत्यु भएको छ ।