मकवानपुर– मकवानपुरमा तत्कालका लागि अमानतमा नजिदन्य पदार्थ (ढुङ्गा,गीट्टी, बालुवा) को उत्खनन् र राजस्व संकलन गरिने भएको छ । मंगलबार ढुंगा, गीट्टी बालुवा जिल्ला अनुगमन समिति र जिल्लाका स्थानीयतहका प्रमुख÷उपप्रमुखसहितको विषेश संयुक्त बैठकले स्थानीय तहहरुले कार्ययोजना बनाएर नदिजन्य पदार्थ (ढुङ्गा,गीट्टी, बालुवा) को उत्खनन् र राजस्व संकलन गर्ने निर्णय भएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले संघिय सरकारले बनाएको नदिजन्य पदार्थको उत्खनन् सम्बन्धी मापदण्ड अनुसार जिल्लाका कुनै पनि क्षेत्रमा आइइ नहुने र ठेक्का बन्दोबस्ती गर्न नसकिने साथै विकास निर्माणहरु रोकिने साथै चोरी निकासी समेत बढेको हुनाले तत्कालका लागि स्थानीय तहले कार्ययोजना बनाएर मेसीनरी औजारको प्रयोग नगरि नदिजन्य पदार्थको उत्खनन् गर्न दिने र राजस्व संकलन गर्ने निर्णय गरेको छ । मापदण्ड अनुसार आइइ नहुने हुँदा तत्कालका लागि स्थानीय सरकारले कार्य विधि बनाएर उत्खनन् गर्न दिने र भ्याट सहित राजस्व संकलन गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । मेनुअलि रुपमा उत्खनन् गर्दा मेसीनरी औजार भने प्रयोग गर्न पाइैने छैन । बैठकमा वन्यजन्तु आरक्षण क्षेत्रमा ढुङ्गा,गीट्टी, बालुवाको बढ्दो अनियमितता र चोरी निकासी, स्थानीय तहको अनुगमन र मौजदात कोषका बारेमा समेत छलफल भएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले स्थानिय तहमा सञ्चालन हुने खानेपानी मुहानको दर्ताका विषयमा स्थानीय तहले ऐन नियमको बन्दोबस्ती गरेर दर्ता प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । संघिय सरकारले कतिपय विषयमा गर्नुपर्ने काम नगर्दा जिल्लामा खानेपानी मुहान दर्तामा नागरिकले समस्या भोग्नु परेको छ । त्यसको लागि स्थानीय तहले कानुन निर्माण गरेर मुहान दर्ताको काम अगाडी बढाउने र भोली संघिय वा प्रदेश सरकारले बनाएको ऐनसंग बाझिएको अवस्थामा सुधार गर्दै जाने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उप प्रमुख भगवती पुडासैनी, मकवानपुरका १० ओटै स्थानिय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल लगायत ढुङ्गा,गीट्टी, बालुवा अनुगमन समितिका सदस्यहरुको उपस्थिति थियो ।