मकवानपुर – मकवानपुर प्रहरीले ३५ क्युफिट अवैध काठको गोलियासहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भिमफेदी–२ स्थित सडक खण्डबाट दुईजनालाई पक्राउ गरेको हो ।
हेटौडाबाट भैसे तर्फ जाँदै गरेको बा ९ च ५९१२ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध गोलिया काठ ५ थान ३५ क्युफिट फेला परेको जिल्ला प्हरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीलले काठसहित गाडी चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २८ को सुमन लामा र सोहि गाडीमा सवार बर्ष २९ को सुवाष गोलेलाई पक्राउ गरेको जनाएको छ । उनीहरु बिरुद्ध आवश्यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती, मनहरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्यर रिमालले जानकारी दिनुभयो ।