२५ कात्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका दशवटै स्थानीय तहमा नेकपा एमालेले मंगलबार जनप्रदर्शन गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना तथा प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले जिल्लाका सबै स्थानीय तहमा पालिकास्तरिय ¥याली निकालेको हो ।
एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र र संसद् पुनस्र्थापनाको माग गर्दै देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २२ गते देशैभरीका वडा भेला आायेजना गरिएको र मंगलबार पालिकाहरूमा जनप्रदर्शन गरिएको हो ।
नेकपा एमालेको हेटौंडा उपमहानगरपालिका कमिटीले निकालेको जनप्रदर्शनमा नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाएका थिए । प्रतिनिधि सभा पुनस्र्थापना लागि दबाब दिने उद्देश्यका साथ जन¥याली ¥याली निकालेको नेकपा एमाले हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले बताउनुभयो । जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधि सभा पुनस्र्थापना आवश्यक रहेकोले प्रतिनिधि सभा पुनस्र्थापना हुनु पर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
हेटौंडामा एमाले जिल्ला पार्टी कार्यालयबाट निस्केको ¥याली बुद्धचौकमा पुगेर समापन भएको थियो । हेटौंडामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले बागमती प्रदेश कमिटी सदस्य, एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका कमिटी ईन्चार्ज सुमित्रा काफ्ले लगायतका नेताहरुले संबोधन गर्नुभएको थियो । जन¥यालीमा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलाल, गोपाल श्रेष्ठलगायत नेता कार्यकर्ताहरुको सहभागिता थियो ।
जिल्लाका अन्य स्थानीय तहहरुका सदरमुकाममा पनि जनप्रदर्शन आयोजना गरिएको एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताउनुभयो । जनदप्रर्दशनलाई पार्टीका नेताहरूले विभिन्न ठाउँमा सम्बोधन गरेका थिए ।











