मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले हेटौंडा नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन नगर्न नगराउँन निर्देशन गरेको छ । सोमबार एक सुचना जारी गर्दै उपमहानगरपालिकाले भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो ।
कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको जानकारी प्राप्त भएकोले त्यसो गर्न, नगराउन सुचना जारी गरिएको हेटौंडा उपमहानगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गंगाधर रिमालले जानकारी दिनुभयो । भौतिक उपस्थिति गराई गृहकार्य दिने, पठनपाठन गराउने जस्ता कृयाकलाप तत्काल बन्द गरी बैक्लपिक विधिबाट पठनपाठनलाई निरन्तरता दिन सुचित गरिएको उहाँले बताउनुभयो । साथै सुचनाको वेवास्ता गरी पठनपाठन सुचारु गरेमा कारबार्ही हुने समेत उहाँले बताउनुभयो । आइतबार बसेको नगर शिक्षा समितिको निर्णय अनुसार हाललाई भौतिक उपस्थितिमा पठनपाठन नगरी बैक्लपिक विधिबाट पठनपाठन गर्न सुचित गरिएको हो ।