मकवानपुर – मकवानपुरमा थप ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ७२ जना कारोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडाका ५६ जना, थाहानगरका ५ जना, मनहरीका ९ जना, र मकवानपुरगढी र कैलाशका १÷१ जना रहेका छन् । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८ सय ४६ जना पुगेको कार्यालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने भन्दा संक्रमित हुनेको संख्या बढी रहेको कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ७२ जना संक्रमणमुक्त हुँदा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८२ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा १४ जनामा र २८३ जनामा पिसिआर बिधिबाट गरिएको परीक्षणमा ६१ जनामा गरी थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ५८१ पुगेको कार्यालयले जनाएको छ ।
हाल जिल्लामा संस्थागत आईसोलेसनमा ४२ जना र होम आइसोलेसनमा ५०८ जना गरि ५५० जना सकृय संक्रमित उपचाररत रहेको कार्यालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोराना संक्रमणका कारण थप एक जनाको मृत्यु भएसंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ ।