मकवानपुर– २०७२ सालको भुकम्पका कारण क्षती भएको सडकमध्ये मकवानपुरमा निर्माणाधिन भीमफेदी–ईपा–देउराली–सिस्नेरी सडकको शुक्रबार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले निर्माणाधिन सकड र पुलको अनुगमन गर्नुभएकोे हो ।

२०७२ सालको भुकम्पका कारण क्षती भएको सडकमध्ये मकवानपुरमा निर्माणाधिन भीमफेदी–ईपा–देउराली–सिस्नेरी सडक भुकम्प पुनर्निमाण प्राधिकरण मार्फत निर्माण भईरहेको छ । २५ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधिन उक्त सडकको लम्बाई २३ दशमलव ६४० किलोमिटर रहेको छ । भने उक्त सडकमा दुईवटा पुल समेत निर्माण भईरहेको छ । २०७५ साल मंसिर २५ गते टेण्डर भएको उक्त सडकि १८ महिनामा र पुलको २०७८ साल असाढ १६ गते सम्मपन्न गर्ने गरि २०७६ पुष १६ गते सम्झोता भएको हो । हालसम्म सडक निर्माणको भौतिक प्रगति ८५ प्रतिशत र पुल निर्माणको भौतिक प्रगति ३० प्रतिशत भएको भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला अयोजना कार्यान्वयन ईकाई (अनुदान व्यवस्थापन) कार्यालयका प्रमुख बिमल किशोर केपीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल सहितको टोलीले अनुगमनका क्रममा निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधिहरुसंग निर्माणको अवस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो । सो क्रममा जिसस प्रमुख खुलालले समयमै निर्माण सम्पन्न गर्ने गरि काम अगाडी बढाउन निर्देशन दिनुभयो । उहाँले प्राधिकरणको समय समाप्त हुन लागेको भन्दै उहाँले समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।सो क्रममा निर्माण कम्पनीका प्रतिनिधिले कोरोना महामारी तथा मौसमको प्रतिकुलताका बारण केहि ढिला काम सुरु भएको भएता पनि समयमै काम सम्पन्न हुने बताएका छन् ।