इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा निल मौपेले २ गोल गर्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए । सातौं मिनेटमा मौपेले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ब्राइटनले दोस्रो हाफमा १ गोल थपेको थियो । नतिजासँगै ब्राइटनले पहिलो जित दर्ता गर्दा न्युक्यासलले पहिलो हार ब्यहाेर्नु परेकाे छ ।