नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति भवन शीतल निवासमा शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ ग्रहण गर्नुभएकाे हाे ।यसअघि बेलुका ६ बजे हुने भनिएकाे शपथ ग्रहण झन्डै दुई घण्टा ढिलाे गरी सुरु भएकाे हाे । राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा संविधानकाे धारा नै उल्लेख नगरि देवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएपछि विवाद भएकाे थियाे । त्यसपछि नियुक्ति पत्रमा सच्याएपछि देउवाले शपथ लिनुभएकाे हाे ।