मकवानपुर – भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय ईकाइ (भवन) मकवानपुरले पछिल्लो एक सातामा ३ हजार ५४२ जना भुकम्प प्रभावित लाभग्रहीको अनुदान सिफारीस गरेको छ । कार्यालयका अनुसार पछिल्लो एक सातामा मात्र एक हजार ३९९ जनाको दोस्रो किस्ता, एक जार ८२४ जनाको तेस्रो किस्ता, १८७ जनाको प्राविधिक पुग्नु अगावै बनेका घरको , सहमती बेगर (non complince ) बनेका ९० र प्रबलीकरण तर्फ ४२ जना लाभग्रहीको गरी एक सातामा ३ हजार ५४२ जनाको अनुदानका लागि सिफारीस गरेको हो ।
कार्यालयका प्रमुख तुलसीराम खरबुजाले पछिल्लो एक साता कार्यलयका सम्पूर्ण कर्मचारीहरु बिहान ७ बजेबाट राति अवेरसम्म काम गरेका छन् । लाभग्रहीले पाउनु पर्ने किस्ता रकम नरोकियोस र समयमै घर बनाउन सकुन भन्ने उदेश्यका साथ प्राविधिकहरुले काम गरेको उहाँले बताउनुभयो । यसका साथै प्राधिकरणको केन्द्रिय सर्कुलर अनुसार पनि काम चाडो गर्नुपर्ने भएकाले रात दिन नभनी प्राविधिकहरुले काम गरेको उहाँले बताउनुभयो ।
जिल्ला आयोजना कार्यान्वय ईकाइ (भवन) का ईन्जिनीयर रविन पाठकका अनुसार जिल्लामा पहिचान भएका निजि आवास पुनर्निर्माण तर्फ कुल ३८२६३ लाभग्रही मध्ये असार ३ गतेसम्म ९२ प्रतिशत अर्थात ३५ हजार ७६ जनाको सम्झौता भएको र सबैले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् । यस्तै, निजि आवास पुनर्निर्माण तर्फ हालसम्म ९६ प्रतिशत लाभग्राहीको दोस्रो किस्ता र ९७ प्रतिशतको तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएको साथै ९४ प्रतिशत निर्माणकार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यस्तै हालसम्म जिल्लामा प्राविधिक पुग्नु अगावै बनेका ६२२ लाभग्रहीले अनुदान रकम प्राप्त गरेको र २०२ जनाको किस्ता सिपाmरीसको क्रममा रहेको बताउनुभयो ।
त्यस्तै जिल्लामा असार ३ गतेसम्म ९७३६ जना प्रबलीकरण लाभग्राही पहिचान भएका मध्ये ८ हजार ११५ जनाको सम्झौता सम्पन्न भएर ८ हजार १०६ जनाले पहिलो किस्ता र १२७ जनाको दोस्रो किस्ता भुक्तानी भएको बताउनुभयो । यस्तै ३५५७ जनाको प्रबलीकरणबाट पुननिर्माणमा परिर्वतन भएको, १७ जनाको पुननिर्माणबाट प्रबलीकरणमा परिर्वतन भएको तथा २०१ जनाको केन्द्रबाट प्रबलीकरणबाट पुनर्निर्माणमा परिर्वतन हुन बाँकी रहेको छ । भने, ३६३५ जनाले प्रबलीकरणबाट मर्मत संहारको लागि निवेदन दिएको र हालसम्म ४४८० प्रबलीकरण वर्गका लाभग्राही सम्पर्कमा नआएको जानकारी दिनुभयो ।