काठमाण्डौ – स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज सोमवार पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने कार्कीको भनाइ छ । महानगर र उपमहानगरपालिकामा केन्द्रबाट नै गठबन्धनको टुङ्गो लगाउने निर्णय गरेका सत्तारुढ पाँच वटा दललाई भागबन्डा मिलाउन सकस भएको छ ।