हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ को संगमचोकबाट १० वर्षीय बालक बेपत्ता भएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नंबर ११ घर भएका विशाल गन्धर्वको १० वर्षीय छोरा बिमल गन्धर्व हेटौंडाको संगमचोकबाट गएको फागुन ४ गतेदेखि बेपत्ता भएका हुन् ।
फागनु ४ गते अपरान्न साँडे ४ बजे संगमचोकको पसलहरुमा सारङ्गी बजाउँदै हिड्ने क्रममा आफ्नो साथबाट १० वर्षीय छोरो हराएको बाबु विशाल गन्धर्वले बताए । ‘आज १० दिन भयो,भेटिन्छ भन्दै उज्यालो हुने बित्तिकै खोज्न हिड्छु तर भेटाउन सकिरहेको छैन। त्यो दिन हामी संगै थियौ सडक वारी र पारिको पसलहरुमा सारङ्गी बजाउँदै थियौ,छोरोलाई पनि हेरिरहेको थिए । कता हिड्यो कता,उनले भने प्रहरीमा खोज्नको लागि निवेदन दिईसकेको छु । छोरो भेट्न सकेको छैन् ।’
उनले आफु ९ वर्षदेखि हेटौंडामा सारङ्गी बजाउँदै आफ्नो जीविको पार्जन गर्दै आईरहेको समेत बताए । उनले आफ्नो तीन छोरा मध्ये माहिलो छोरा बिमल हराएको बताए । उनले छोराले रातो टिसर्ट,जेन्स पाईन्ट र सेतो जुत्ता लगाएको गहुँ वर्ण अनुहार भएको बताउँदै देख्नु हुनेले आफुलाई सम्पर्क गर्न ९८२९४३५८७२ नंबर समेत दिएका छन् । यता,जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बालक हराएको निवेदन आएको र बालकको खोजि कार्य भईरहेको बताए । उनले प्रहरीमा निवनेद आएसंगै बालकको खोजि भईरहेको बताए ।