हेटाैंडा– चर्चित गायिका टिका प्रसाईकाे ‘नसकिने भो’ बोलकाे नयाँ गीत युटुव मार्फत सार्वजनीक भएकाे छ । गायिका प्रसाइसंगै लेखराज गुरुङको स्वरमा रहेकाे उक्त गीतमा प्रसाइकै शब्द तथा संगीत रहेको छ । गीतमा उदय राज पौडेलको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ । गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सरोज अधिकारी र आस्मा विश्वकर्माको अभिनय रहेको छ । त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाइँले खिचेको भिडियो शिलन लम्सालले सम्पादन गरेका हुन् । नाइ मलाई थाहा छैन, माया लुकी लुकी, कर्के नजर, तिमी मलाई मन पर्छपछि टिकाको नसकिने भो सार्वजनिक भएको हो । टिकाका प्राय सबै गीत निकै चर्चित छन् ।

भिडियो :-