शेयर बजार परिसूचक नेप्से आज करीब ४६ अंकले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज ४५.९८ अङ्कले बढेर दुई हजार १०६.४८ विन्दुमा बन्द भएको हो ।
गएको साउनयता पहिलो पटक नेप्से २१ सय विन्दुभन्दा माथि पुगेको हो । मंगलबार ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आज १३ उपसूचक मै हरियाली आएको छ । मंगलबार बैंकिङ समूहको २.४६ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०।.२ प्रतिशत, होटेल तथा पर्यटन समूहको ६.९४ प्रतिशतले सेयर मूल्य बढेको हो।