इन्डियन प्रियिमर लिगको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इतिहासकै महँगा खेलाडी बनेका छन् । यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क २४ कराेड ७५ लाख भारुमा काेलकाता नाइट राइडर्समा अनुबन्ध भएका हुन् ।
यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे । स्टार्कलाई अनुबन्ध गर्नका लागि काेलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा काेलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे ।