मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी प्रमुखका रुपमा आउनुभएका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङले जिल्लामा शान्ति सुरक्षा कायम राख्न १७ बुँदे कार्ययोजना सार्वजनीक गर्नु भएको छ । बुधबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर उहाँले सेवा प्रवाह र शान्ति सरक्षा कायम गर्ने बारे आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

प्रहरी उपरिक्षक गुरुङले जिल्ला प्रहरी कार्यालयको प्राथमिकतामा रहने कार्ययोजनाहरुबारे जानकारी दिनुहुँदै सबैसंगको समन्वय र सहाकार्यमा काम गर्ने बताउनुभयो । उहाँले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिक मुखि सेवा प्रवाहमा जोड दिने बताउनुभएको छ । उहाँले जिल्लामा लागुऔषध दुव्यसनी तथा ओसार पसार तथा कारोबारको समस्या रहेको बताउँदै नियन्त्रण र न्यूनिकरणको लागि आवश्यक कार्ययोजना तयाार गरेर काम गरिने बताउनुभयो । आफ्नो कार्यकालमा अदालतको फेसला कार्यवन्यन तथा फरार प्रतिवादी पक्राउमा जोड दिने, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्वस्थापनसंगै जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने उहाँले बताउनुभयो ।

उहाँले जिल्लामा घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, जेष्ठ नागरिक तथा असक्त व्यक्तिमाथि हुने अपराधमा कानूनी कठोरता र पीडित मैत्री वातावरणको सिर्जना हुने बताउनुभयो । यस्तै प्रहरी उपरिक्षक गरुङले प्रहरीले समुदाय साझेदरी अभियान अन्तर्गत सामाजिक अपराध नियन्त्रण तथा शान्ती सुरक्षा कार्यान्वयनमा जोड दिने बताउनुभएको छ । जिल्ला स्थित प्रहरी युनिटकोटहरुको आवश्यकता अनुसार स्तरोन्नती, जग्गा प्राप्ती तथा भवन निर्माण कार्यमा ठोस पहल गर्ने समेत उहाँले बताउनुभयो ।
प्रहरी उपरिक्षक गुरुङले राज्य विरुद्ध हुने कुनै पनि गतिविधिहरुलाई कानून बमोजिम निर्मुल गरिने, आफु यसअधि प्रहरी प्रधान कार्यलय काठमाण्डौमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा काम गरेको बताउँदै जिल्लामा पनि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र प्रभावकारी व्यवस्थापन कार्यलाई जोड दिईने बताउनुभयो । कार्यक्रममा कार्यलयका प्रवक्ता जयश्वर रिमाल,नेपाल पत्रकार महासंघ बागमती प्रदेशको महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष मणिराज गौतम लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।