मकवानपुर– मकवानपुरको जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्लाका सबै १० वटै स्थानिय तहले भाग लिएको प्रतियोगितामा ८७५ जना खेलाडी सहभागि रहेका जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

पहिलो दिनको खेलमा ज्याभलिङ थ्रो,सटपुट,४ सय मिटर दौड,८ सय मिटर दौड, ४ सय मिटर रिले तथा १५ मिटर दौडका फाईनल खेल सम्पन्न भएका छन् । बुद्ध माविका आयुस नेगीले चर सय र अठ सय मिटर दौडमा स्वर्ण पदक पाएका छन् । यस्तै आठ सय मिटर छात्रामा नाटेश्वर थाहाकी सुजना विक प्रथम भएकी छन् । चार सय मिटर दौड र ज्याभलिङ थ्रोमा जनक मावि बकैयाकी पविना दार्जी प्रथम भएका छन् । १५ सय मिटर दौडमा छात्र तर्फ राजन गोले सुन्दरी देवी मावि, थाहा नगरपालिका र छात्रामा सरिता हुमागाई सारदा मावि गढी गाउपालिका विजयी भएका छन रिले मा ४ ह ४०० छात्र बुद्ध मावि र छात्रा तर्फ नाटेश्वर मावि प्रथम भएका छन ।
भलिवल र कव्वडीका पहिलो चरणका खेलहरु सकिएका छन भने भोली सेमी फाईन र फाईनल खेल हुने बताईएको छ । भलिवलमा छात्रा तर्फ ७ र छात्र मा ९ वटा विद्यालयले सहभागि गरेका छन भने कवड्डीमा ८÷८ पालिकाका तर्फबाट विद्यालयहरु सभागि भएका छन् । कोभिडको सन्त्रासका कारण दुइई दिनमा नै प्रतियोगिता समापन गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनुभयो ।
४८ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा भलिवल, एथलेटिक्स, कवड्डी, कराते, तेक्वान्दो र उसुका खेलहरु भएका छन् । समग्र खेलमा मेडलका आधारमा प्रथम हुने विद्यालयले रनिङ शिल्ड प्राप्त गर्ने छ भने अन्य टीम गेम विजेताहरुलाई शिल्ड पदान गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले गर्नु भएको थियो । खेलकुद विकास सििमतिका अध्यक्ष सानुकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा एशियाकै उत्कृष्ट प्रधानअध्यापक आधुनिक राष्टिय माविका प्रधानअध्यापक विरबंश बैठालाई सम्मान गरिएको थियो ।