मकवानपुर– कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मकवानपुरमा गत साउन २६ गतेदेखि जारी निषेधाज्ञा हट्ने भएको छ । आज बसेको कोभिड–१९ को रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय (कमाण्ड पोष्ट) को बैठकले जारी निधेषाज्ञा हटाउने निर्णय गरेको हो । मकवानपुरमा काेराेना संक्रमण बढेपछि गत साउन २६ गतेदेखि भदाै १६ गते अर्थात आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे थियाे ।

निर्णयहरू