बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६ सय २३ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायमै राख्नुभएको छ ।
त्यसैगरी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ५ सय २८ मत प्राप्त गरी यादवलाई पछ्याइरहनु भएको छ । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५ सय ५८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले १ हजार १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।