मकवानपुर– बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले मानव सेवा आश्रमलाई प्रदेश सरकारको सहयोग सधैं रहने बताउनुभएको छ । मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौंडा स्थित प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको डिप बोरिङ र तरकारी टनेलको उद्घाटन गर्नुहुदै मन्त्री लामाले मानवमेवा आश्रमको मानवीय काममा सरकारले सदैव सहयोग गर्ने बताउनुभयो ।

No description available.

मन्त्री लामाले मानव सेवा आश्रम सडकमा बेसाहारा बनेका नागरिकको साहारा बनेको भन्दै यस्तो मानविय कार्यमा सबैको सहयोग आवश्यक रहेको समेत बताउनुभयो । मानवमेवा आश्रमले बेसाराहारा सडक मानवहरुलाई सहारा दिएर मानवीय काम गरेको उहाँको भनाई थियो ।

No description available.

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबैको लागि खाना नाना छाना भन्ने प्रतिबद्दता सहित मानवीयताको राष्ट्र निर्माणमा लागेको मानव सेवा आश्रमलाई सबैको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले देशमा कोही पनि विक्षिप्त भएर सडकमा नाना र छानाबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ मावसेवा आश्रमले काम गरिरहेको र यसमा प्रदेश सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सडकमा सहयोगापेक्षि मानवरहित बनाउने अभियानलाई प्रभावकारी बनाउन र मानवसेवा आश्रमको स्थायित्व र दीगो बनाउन सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

No description available.

प्रदेश सरकारले मानव सेवा आश्रमको केन्द्रिय कार्यालय हेटौंडामा रहेका आश्रितहरुलाई ताजा तरकारी उपयोग गर्न सहज होस भन्ने उदेश्यका साथ ४० लाख रुपैयाँको लागतमा डिप बोरिङ र थोपा सिचाँईसहितको टनेल निर्माण गरेको हो । करीब १५ कठ्ठामा तरकारी खेती गर्ने उदेश्यका साथ निर्माण भएको डिप बोरिङबाट अहिले करीब २ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरिएको र १२ सय विरुवामा थोपा सिँचाई गरिएको बताईएको छ । सो अवसमा मन्त्री लामा, जिसस प्रमुख खुलाल, हेटौंडा–९ का वडाअध्यक्ष लक्षमण प्रसाद भण्डारीले आश्रम परिषरमा बृक्षारोपण समेत गर्नुभएको थियो । कार्यक्रममा ९ नम्बर वडा सदस्यहरू सुकराम केसी, लक्ष्मी नेपाली, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफ्लेलगायतकाे उपस्थिती थियाे ।

No description available.
No description available.
No description available.
No description available.
No description available.