मकवानपुर– मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले समुदायमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । गाउँपालिकाको न्यायिक समितिद्धारा आयोजित ३ दिने मेलमिलापकर्ताको पुनर्ताजगी अभिमुखिकरण कार्यक्रमको बुधबार समापन गर्नुहुँदै अध्यक्ष हुमागाईले समुदायमा न्याय निरुपण गर्नमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

नागरिकले नजिकको सरकारको अनुभुति गर्ने र सहज रुपमा न्याय पाउने कार्यमा न्यायिक समिति मार्फत रहेको मेलमिलापकर्ताहरुको भुमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । उहाँले वडा कार्यालयको अधिनमा रहेर मेलमिलापकर्ताहरुले सामाजिक विवाद तथा समस्या समाधानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै त्यसको लागि गाउँपालिकाबाट आवश्यक बजेट तथा निति कार्यक्रम ल्याउने समेत बताउनुभयो ।
तीन दिने अभिमुखिकरण कार्यक्रममा सेलर्ड मकवानपुरका जगन्नाथ सुवेदी तथा गाएापालिकाका कानुनी सहजकर्ता रामशरण लामिछानेले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समिती संयोजक हर्कमाया रूम्बाको सभाध्यक्षतामा भउको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाससकिय अधिकृत रामकुमार पुडासैनीलगायतको आतिथ्यता थियो । साे अवसरमा पालिका स्तरिय तिन सद्स्य मेलमिलाप समिति समेत गठन गरिएकाे छ भने सबै वडाका मेलमिलाप समितिलाई थप जिम्मेवार बनाइएकाे छ ।