मकवानपुर । मकवानपुरमा दुईवटा सवारीसाधन एकाअपसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छ्न । पुर्वपश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी-६, डिपार्टमा दिउसो करिब १ बजेतिर भएको दुर्घटनामा ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

पुर्ब पश्चिम सडकखण्मा बिरगंजबाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा दुबै सवारीको चालक सहित ८  जना घाइतेलाई उद्धार गरी उपचारको लागी चितवन पठाएको र उनीहरु सबैको अबस्था गम्भिर देखिएको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेको पहिचान खुल्न बाकी रहेको छ ।