मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मत माग्दै उम्मेदवारहरु मतदाताको घरमा पुगेका हुन् । उम्मेदवारहरुले मनहरी–४ स्थित वनकरिया वस्तीमा पनि घरदैलो गरेका हुन् ।

No description available.

मनहरी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्ष पदका उम्मेदवार सुजिता थिङ, सदस्यहरु गीता कुमारी प्रजा, कल्पना कार्की, हीरालाल थोकर, बाटुली सुनार, एमाले मकवानपुरका सचिवालय सदस्य एवं मनहरी इञ्चार्ज हेमलाल उप्रेती, मनहरी गाउँपालिका वडा नं ४ का अध्यक्ष पदका उम्मेदवार सानुकान्छा तितुङसहितको टोलीले घरदैलो गरेको हो । घरदैलो अभियानलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार उप्रेतीले वनकरिया वस्तीका बालबालिकाहरुलाई सहजताका लागि एमालेले जितेको खण्डमा इसिडिका कक्षा गाउँमै सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मतदाताको घरमा पुगी सुझाव समेत संकलन गरिएको अध्यक्ष पदका उम्मेदवार उप्रेतीले बताए ।