मकवानपुर– बागमती प्रदेशका तीन जिल्लामा दादुराको प्रको देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश निर्देशनालयका निर्देशक रमेश प्रसाद अधिकारीका अनुसार बागमती प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लाका विकट स्थानहरुमा दादुराको प्रकोप देखिएको हो ।
उहाँका अनुसार मकवानपुरको विकट कैलाश र राक्सीराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिकाका र धादिङ जिल्लाको बेनीघाटरोराङ गाउँपालिका तथा गजुरीमा समेत दादुराको प्रकोप देखापरेको छ । अहिले पहिलो चरण भएकाले केही व्यक्तिलाई यो रोग देखापरेको उहाँले बताउनुभयो । प्रकोप देखिए पछि नियमित खोपसेवाका कार्यक्रम सुरु गर्ने तयारी गरिएको समेत निर्देशक अधिकारीले जानकारी दिनुभयो । धादिङका दुई गाउँपालिकामा दादुरा विरुद्धको खोप लगाउने काम सुरु भएको तथा मकवानपुर र चितवन जिल्लामा दादुरा विरुद्धको खोप लगाउने तयारी भएको अधिकारीले बताउनुभएको छ । दादुरा बिरुद्धको खोप ६ महिना देखि १५ वर्ष सम्मकालाई लगाउने तयारी गरिएको उहाँले वताउनुभयो ।