चितवन– प्रधानमन्त्री केपी शर्माओलीले भरतपुर महानगरपालिका वडा नम्बर १० मा बन्न लागेको सिटीहलको शिलान्यास गर्नुभएको छ । आज (शनिबार) अपरान्ह पौने ३ बजे शिलान्यास गरिएको सिटीहल दुईहजार सिट क्षमताको हुनेछ ।

प्रधानमन्त्री ओलीले आजै भरतपुर बसपार्कमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साह , बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहति नेकपाका नेतहरु आज चितवनमा हुनुहुन्छ ।

May be an image of one or more people, people standing and outdoors
May be an image of one or more people, people standing and outdoors