हेटौंडा- बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।
नवनियुक्त स्वास्थ्यमन्त्री जोशीले आइतबार पदभार ग्रहण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गर्नुभएको हो । मन्त्री जोशीले समयमा नै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाहरूको ज्यान जाने जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको बताउनु भयो । मन्त्रीको कार्यभार सम्हालेसँगै आवश्यकता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्यसम्पादन गर्ने उहाँको भनाइ छ । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
Home प्रमुख समाचार बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री जोशीको पहिलो निर्णय : गर्भवती महिलालाई निःशुल्क हवाई...