काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज संसदीय बैठक बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थानीय तहको निर्वाचन, बदलिँदो राजनीतिक अवस्था र पार्टीले बनाउने रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ । हिजो साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले जबराविरूद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।











