नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ औं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समय अघि उत्कृट पाँच पर्नु भएको घोषण गरिएको थियो।
अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी साेमा यस अघि साे उपाधि पाउनु भएकाे थिएन । यस अघि देवेश पाेखरेललार्इ अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिए पनि जस्त साम नामकी अमेरिकी युवतीले जित्न सफल हुनु भएकाे छ । अन्तिम प्रस्तुतिमा दुर्इबाट गीत गाउनु पर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाउनु भएकाे थियाे ।