फाइल फाेटाे

कुल सङ्क्रमित सङ्ख्या तीन सय ५७ पुग्याे

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ पछिल्लो समयमा नेपालमा पनि तिव्र गतिमा फैलिए रहेका छ । कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ । बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक एकजनालाई संक्रमण भएको हो । सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । सङ्क्रमित ५३ मध्ये बाँकेमा एकजना महिलालाई पनि सङ्क्रमण भएको छ ।

हालसम्म परीक्षण अवस्था
३० हजार ७२३ पीसीआर
६९ हजार ५६० आरडीटी
बितेको २४ घण्टामा २ हजार ५५८ पीसीआर परीक्षण
बितेको २४ परीक्षण १ हजार ७९१ आरडीटी परीक्षण