हेटाैंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताउनु भएको छ । सिन्धुलीका रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्नु हुँदै उहाँले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राख्नुभयो । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्त्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताउनुभयो । जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताएका थिए । उक्त सब डिभिजनको भवन एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।